Nepal Jana Khabar
हरेक जनताको खबर
१३ कार्तिक २०८३, बिहीबार

नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एमाले नेता शेरबहादुर तामाङले सरकारको परराष्ट्र नीति र छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालन गर्ने शैलीमाथि प्रश्न उठाएका हुन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले सरकार परिवर्तन हुँदैमा नेपालको असंलग्न र सन्तुलित परराष्ट्र नीति परिवर्तन हुन नहुने बताए। ‘सरकार फेरिए पनि असंलग्न र सन्तुलित परराष्ट्र नीति डगमगाउनु हुँदैन। अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा किन लम्पसार पर्नुपरेको हो, त्यो बुझ्न सकिएन,’ उनले भने। तामाङले नेपाल–भारतबीच ऐतिहासिक जनस्तरीय सम्बन्ध रहे पनि राजनीतिक र प्रशासनिक तहमा अपेक्षाअनुसार सुमधुर सम्बन्ध कायम हुन नसकेको बताए। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा विवाद तथा दसगजा क्षेत्रमा सीमा स्तम्भ सारिएको विषय उल्लेख गर्दै नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका सवालमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.