Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८१, आईतवार
ट्रेनडिंग

निरंकुश प्रवृतिका आलोचक प्रचण्ड

लामो समय भूमिगत राजनीति गरेका पुष्पकमल दाहाल (प्रचण्ड) समाजवादको पक्षमा, सामाजिक न्यायको पक्षमा, स्वतन्त्रताको पक्षमा निरङ्कुशताको विरुद्धमा वकालत गर्ने प्रष्ट धारणा राख्ने नेता हुन्।
समाजको हरेक पक्षलाई गहिरोसँग नियालेका, समयको मागअनुरुप राजनीतिक पृष्ठभूमिमा आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने र राजनीतिक जीवनमा आएका समस्याहरूको डटेर सामना गर्ने एक होनहार प्रतिभाशाली व्यक्तित्व विकास गर्ने नेताकोरुपमा चित परिचित रहेको छ।

समाज रुपान्तरणको चाहना राख्ने जनताको समस्या र समयको माग अनुरुप हरेक जनताको समस्या सम्बोधन हुनुपर्छ भन्ने विषयलाई सडक र सदन दुवैबाट जनताको पक्षमा धेरै आवाज उठाएका छन्। महत्वकांक्षा र निरंकुश प्रवृतिलाई मलजल गर्ने व्यक्तित्वलाई पटक्कै नरुचाउने उनको स्वभाव छ। वर्तमान राजनीतिक परिवेशमा प्रचण्डलाई हेर्ने हो भने स्वतन्त्रता र समानताको पक्षमा वकालत गर्दै राजनैतिको मूलधारमा आफूलाई स्थापित गर्न सफल भएको देखिन्छ।
अबको दिनहरुमा समाजवादको नयाँ बाटो तय गरेका उनले जनताको हकहितको लागि प्रतिनिधित्व गर्नेछन्। समाजका हरेक पक्षलाई राज्यको मुलधारमा प्रवेश गराउने बिषय तर्फ जोड दिँदै भविष्यको राजनीतिक बाटो तयार गरेका छन्।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.