Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनबारे नयाँ रिपोर्ट: हिमालमा हिउँ घट्छ, गर्मी बढ्छ

जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह (आइपिसिसी) ले एक दशक (सन् २०११-२०२०) मा पृथ्वीको तापमान १ दशमलव ०९ प्रतिशतले बढेको जनाएको छ।

रिपोर्टले यदि आगामी पाँच वर्षभित्रमा कार्वनउत्सर्जन घटाउन नसकिए सन् २०४० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ प्रतिशतले बढ्ने प्रक्षेपण समेत गरेको छ।

आइपिसिसीले अध्ययनपछि सार्वजनिक गरेको नयाँ रिपोर्टमा पछिल्लो पाँच वर्ष पृथ्वी सन् १८५० पछिकै तातो रहेको उल्लेख गरेको छ।

त्यस्तै, पृथ्वीको तापमान वृद्धिमा मानवीय कारण प्रमुख रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

आइपिसिसीले उच्च हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै गएको र बरफ जम्ने क्षेत्र समेत माथि सर्दै गएको उल्लेख गरेको छ।

‘२१ औं शताब्दीमा हिउँले ढाकेका क्षेत्र र हिउँको मात्राहरू घट्दै जानेछ। त्यस्तै हिमनदीसमेत पग्लदै जानेछन्’, रिपोर्टमा भनिएको छ, ‘उच्च तापक्रम वृद्धिले हिमनदी फुट्ने र बाढी आउने तथा पहिला हिमनदी भएका क्षेत्रहरूमा पहिरो जाने सम्भावना छ।’

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

रिपोर्टमा हिन्दु कुश क्षेत्रका हिमालका हिउँ घट्दै गएको उल्लेख गरिएको छ।

त्यस्तै, हिमाली क्षेत्रमा वर्षा हुने क्रम यो शताब्दीमा बढ्ने जनाइएको छ।

रिपोर्टमा उल्लेख भएजस्तै सिन्धुपाल्चोकको मेलम्ची जलाधार क्षेत्रको माथिल्लो भेग र मनाङमा केही समय अघि भेलबाढी गएको थियो। रिपोर्टमा एसिया क्षेत्रमा उच्च गर्मी हुने दर बढ्ने तर उच्च चिसो हुने दरमा कमी हुने औंल्याइएको छ।

‘आउँदो दशकमा यस्तो प्रक्रियामा वृद्धि भएर जानेछ’, रिपोर्टमा भनिएको छ, ‘तातो हावा बहने र आद्रता अझै उच्च रहनेछ।’

त्यस्तै एसियाली क्षेत्रमा आगलागी दर बढ्ने तथा वर्षा हुने दरमा वृद्धि हुने उल्लेख गरिएको छ। त्यस्तै एसियाली क्षेत्रका नदीहरूमा पछिल्ला वर्षहरूमा बहाव बढेको रिपोर्टमा जनाइएको छ।

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.