काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने प्रयास भइरहेको भन्ने चर्चा सार्वजनिक वृत्तमा उठिरहेका बेला प्रहरी नेतृत्वलाई अनावश्यक दबाब र प्रभावबाट मुक्त राख्नुपर्ने आवाज पनि उठ्न थालेको छ। नेपाल प्रहरी देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुनी शासन कायम गर्ने महत्वपूर्ण संस्था हो। प्रहरी संगठनको नेतृत्वलाई राजनीतिक स्वार्थ, व्यक्तिगत लाभ वा कथित विचौलियाहरूको प्रभावबाट टाढा राख्नुपर्ने जनअपेक्षा छ।
ट्रेनडिंग