Nepal Jana Khabar
हरेक जनताको खबर
१८ मंसिर २०८०, सोमबार

आजदेखि सरकारले कक्षा ११ र १२ को बिद्यार्थीलाई कोरोना भाइरस बिरूद्धको खोप दिदै

कोरोना भाइरस बिरूद्धको पहिलो डोज खोप दिने निर्णय गरेसँगै आजका दिनदेखि विद्यार्थीलाई खोप लगाउने कार्यक्रम सुरु भएको छ।

आजदेखि सरकारले कक्षा ११ र १२ को बिद्यार्थीलाई कोरोना भाइरस बिरूद्धको खोप दिदै।काठमाडौं-बिश्वब्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको असर शैक्षिक क्षेत्रमा परेको छ। अहिलेसम्म पनि शैक्षिक क्षेत्रहरू औपचारिक रुपमा चलायमान हुन सकिरहेको अवस्था छैन।कक्षा ११ र १२ को सन्दर्भमा हेर्ने हो भने पटक-पटक परीक्षा स्थगित भएको कारण विद्यार्थीहरु संकटमा परेका छन्। परीक्षा पटक-पटक स्थगित हुँदा परीक्षाको तयारी कसरी गर्ने भन्ने विषयमा धेरै विद्यार्थीहरु अन्योलमा परेपछि संसदमा विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने माग उठेसंगै सरकारले आजका दिनदेखि कक्षा ११ र १२ को विद्यार्थीलाई कोरोना भाइरस बिरूद्धको पहिलो डोज खोप दिने निर्णय गरेसँगै आजका दिनदेखि विद्यार्थीलाई खोप लगाउने कार्यक्रम सुरु भएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन आउने विद्यार्थीहरुले परीक्षाको प्रवेशपत्र अनिवार्य हुनुपर्ने जनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.