काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने प्रयास भइरहेको भन्ने चर्चा सार्वजनिक वृत्तमा उठिरहेका बेला प्रहरी नेतृत्वलाई अनावश्यक दबाब र प्रभावबाट मुक्त राख्नुपर्ने आवाज पनि उठ्न थालेको छ। नेपाल प्रहरी देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुनी शासन कायम गर्ने महत्वपूर्ण संस्था हो। प्रहरी संगठनको नेतृत्वलाई राजनीतिक स्वार्थ, व्यक्तिगत लाभ वा कथित विचौलियाहरूको प्रभावबाट टाढा राख्नुपर्ने जनअपेक्षा छ। आईजीपी कार्कीलाई हटाउने प्रयासमा विचौलियाहरू सक्रिय रहेको भन्ने दाबीबारे भने आधिकारिक पुष्टि र प्रमाण सार्वजनिक हुन आवश्यक छ।
ट्रेनडिंग