Nepal Jana Khabar
हरेक जनताको खबर
२१ कार्तिक २०८३, शुक्रबार

Anti-Corruption Organization Nepal (ACON)भ्रष्टाचार निरोधक संगठन ले तिहार तथा छठ पर्वको शुभकामना ब्यक्त ।

काठमाडौं। Anti-Corruption Organization Nepal (ACON) अर्थात् भ्रष्टाचार निरोधक संगठन नेपालले आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, युवा वर्ग तथा आम नेपाली नागरिकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। संस्थाले एक शुभकामना सन्देश जारी गर्दै तिहार तथा छठ पर्वले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गरोस् भन्ने कामना गरेको छ। साथै, संस्थाले भ्रष्टाचारमुक्त, पारदर्शी, सुशासित र समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण नेपाली नागरिकलाई एकजुट भएर अघि बढ्न आग्रह गरेको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.