Nepal Jana Khabar
हरेक जनताको खबर
१२ असार २०८१, मंगलवार

नदीमा डुबेर २ युवतीको मृत्यु

बाँके, १० जेठ। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मंगलवार साँझ डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

यो पनि पढनुस !!

उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.