Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी(जसपा)बाट बनेका दुई मन्त्रीको शपथ आज रहेको छ।

मंगलबार वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको हो। सरकारले जसपालाई सरकारमा सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।

यो पनि पढनुस !!

राष्ट्रपति कार्यालयले बिहान ९:५० मा शपथग्रहणको कार्यक्रम तय भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.