Nepal Jana Khabar
हरेक जनताको खबर
१ असार २०८३, सोमबार

भ्रष्टाचार गर्ने नेतालाई बागमतीमा चोपल्नूस् : मेयर बालेन

काठमाडौँ, ३१ बैसाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भष्ट्राचार गर्ने नेता र भ्रष्टाचार विरोधका आन्दोलन गर्ने नेताहरूप्रति आक्रोश पोखेका छन्।

मेयर शाहले शनिबार काठमाडौँ तथा देशका विभिन्न ठाउँमा गरिएका भष्ट्राचार विरोधी आन्दोलनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन्।

यो पनि पढनुस !!

यस्ताखालका आन्दोलनहरू आफूले पहिलेदेखिनै देखेको र यसबाट केही परिवर्तन नआएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई बागमतीमा लगेर चोपाल्नुपर्ने बताए।

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नूस’, सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘यस्तो सडक नाटक धेरै देखि‍सक्यो हाम्ले। पत्याउदिनँ म चाहिँ। ‍तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.