Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

भुटानी शरणार्थी प्रकरण : ‘हाई प्रोफाइल’सहित १२ जना पक्राउ

काठमाडौं, २७ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै गठी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

यसअघि राजनीतिक तथा उच्च पदस्थ अधिकारीहरु सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ पक्राउ परिसकेका छन् ।

यो पनि पढनुस !!

यसै प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने अहिलेसम्म फरार छन् ।

२० बैशाखदेखि फरार रहेका रायमाझीको सातदोबाटोस्थित घरमा मंगलबार मात्रै प्रहरीले छापा मारेको थियो । हालसम्म एक सय ६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.