Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

निराको हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ

काठमाडौँ, १७ बैसाख । निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । कपनस्थित सरस्वती नगरमा करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले रातोपाटीलाई बताए । अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाको धुलाबारीका स्थानीय हुन् ।

आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

यो पनि पढनुस !!

वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।

हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.