Nepal Jana Khabar
हरेक जनताको खबर
१२ फाल्गुन २०८०, शनिबार

विशेष अधिवेशनअघि नै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना

बुटवल — विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार रहने नरहने भन्नेबारे बुधबार छिनोफानो हुने भएको छ ।

एक बजेका लागि बोलाइएको विशेष अधिवेशनअगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना छ । विशेष अधिवेशन माग गर्ने विपक्षी गठबन्धनको पक्षमा प्रदेश सभाका बुहमत सदस्य एकढिक्का भएपछि पोखरेलसामु पहिल्यै राजीनामा दिने कि अधिवेशन सामना गर्ने भन्ने दुइटा विकल्प मात्र बाँकी छन् ।

एमालेका अधिकांश नेता र प्रदेश सांसदहरूले अधिवेशन सामना गर्नेभन्दा पहिल्यै राजीनामा दिने विकल्पमा बढ्ता जोड दिएका छन् । मुख्यमन्त्री पोखरेलले साढे १२ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

बुधबार बिहानैदेखि सत्तापक्ष र विपक्षी गठबन्धन तीव्र छलफलमा जुटेका छन् । विपक्षी गठबन्धन लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेन होटलमा छ । सत्ता पक्ष एमाले संसदीय दलको बैठक बुटवलस्थित मुख्यमन्त्री निवासमा बसिरहेको छ ।

लुम्बिनी प्रदेशका एक नेताले प्रदेश सभामा एमालेको बहुमत छैन भन्ने स्पष्ट भएपछि राजीनामा दिएर बाटो खोलिदिनु पर्ने सुझाव धेरै नेताहरुले दिएको बताए ।

यो पनि पढनुस !!

पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएकै कारण जनता समाजवादी पार्टीबाट कारबाहीमा परेर पदमुक्त भएका सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले मंगलबार राति नै मन्त्री पदबाट राजीनामा दिएको सार्वजनिक गरेका थिए ।

लुम्बिनी प्रदेशमा सत्ता पक्ष अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धन माओवादी, कांग्रेस, जसपा र जनमोर्चाका ३४ जना सांसदले साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

अधिवेशन संविधानविपरीत रहेकोले विशेष अधिवेशन फिर्ताको माग गर्दै सत्ता पक्ष एमालेका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले मंगलबार निवेदन हेर्न नभ्याइनेमा राखेपछि विपक्षी गठबन्धन अधिवेशनको अन्तिम तयारीमा जुटेको हो ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.