काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।
बालाजु पुलको मुखमा सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो । त्यही अनुसार महानगरले आज उक्त पम्प सिल गरेको हो ।
कोतःधुकु आयल स्टोरबारे यस अघि पटकपटक उजुरी परे पनि कार्वाही हुन सकेको थिएन।