रूपन्देही, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ ।
सोमबार प्रदेशसभाकाो बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो ।
प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।
सभामुख घर्तीले यो सँगै सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन् ।