काठमाडौं, ७ वैशाख । बारामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ । बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचन लक्षित सभा आयोजना हुने भएको हो ।
बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ । सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार छन् । यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।