Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड र देउवा

काठमाडाैं, ४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् । अस्वस्थ भई हाल बालकोटमै आरामरत ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यमा समस्या भएकाले संवैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल हुन नपाएको जनाएको छ ।

यो पनि पढनुस !!

सोहीअनुसार आज भने बिहान ९ बजे प्रधानमन्त्री र कांग्रेस सभापति देउवा ओली निवास बालकोट गएर स्वास्थ्य लाभको कामना गर्दै संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको सचिवालयको भनाइ छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.