Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

नयाँ वर्ष २०८० लाई स्वागत

काठमाडौँ, १ बैशाख २०८० । आजबाट २०८० साल सुरु भएको छ भने वर्ष २०७९ विदा भएको छ । आउनुस्, आजदेखि सुरु भएको नयाँ वर्ष २०८० को स्वागत गर्दै गत वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गर्ने गरौ ।

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा नयाँ वर्षलाई मनाइने प्राचीन परम्परा छ ।

यो पनि पढनुस !!

हरेक व्यक्तिले नयाँ वर्षको दिन अघिल्लो वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्छन् ।

विश्वमा जहाँ जुन कुनामा भएपनि सम्पूर्ण नेपालीलाई नयाँ वर्ष २०८० को भव्य शुभकामना ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.