Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

ढाकाकुमार अडियो प्रकरण: अख्तियारद्वारा अनुसन्धान सुरु

काठमाडौँ, २८ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्ले मेडिकल व्यवसायी रमेश प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा अनुसन्धान सुरु गरेको छ।

सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। रास्वपाका सभापति रवि लामिछानेले अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको हो। सञ्चारमाध्यममा सार्वजनिक भएका तथ्यहरूलाई पनि आयोगले प्रारम्भिक उजुरीको मान्यता दिँदै आएको छ।

सांसद श्रेष्ठको सचिवालयले भने सार्वजनिक भएको अडियो वास्तविक नभएको दावी गरेको छ। सचिवालयले विज्ञप्ति जारी उक्त अडियो सार्वजनिक गर्ने मिडिया (सञ्चारमाध्यम)लाई विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसमेत गरेको छ।

रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.