काठमाडौँ, २६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्दै अडियो सार्वजनिक भएपछि रास्वपामा हल्लिखल्ली मच्चिएको छ । यो एमाले, माओवादी र रास्वपासहितको सरकार बनेर पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दाताकाको प्रसंग हो ।
‘त्यहाँ २/३ जना हुनुहुन्छ पार्टीलाई, रवि (सभापति रवि लामिछाने)लाई शुरूदेखि नै सहयोग गर्ने मान्छे, त्यही टीमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि । साढे २ (करोड) भन्याछन्, आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ ।’
उक्त अडियो सार्वजनिक भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टीमा हल्लीखल्ली सुरु भएको छ। उपनिर्वाचनको मुखमा सार्वजनिक भएको अडियोले रास्वपालाई निकै क्षेती पुग्ने अनुमान गरिएको छ।
पार्टी भित्र यसबारे प्रतिक्रिया माग्दा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले आफूहरूले भर्खरै यस्तो अडियोबारे जानकारी पाएको भन्दै अध्ययन गरेर केहीबेरमा औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।