काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो पटक गृहमन्त्री बनेका छन् । उनले आज उपप्रधानसहित गृहमन्त्रीको सपथ लिएका हुन्।
यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका श्रेष्ठको जिम्मेवारी फेरिएसंगै दोस्रो पटक गृहमन्त्रालयको नेतृत्व लिएका हुन्। यसअघि श्रेष्ठ २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा श्रेष्ठ केही दिन मात्र गृहमन्त्री बनेका थिए। श्रेष्ठले त्योबेला १३ दिन गृह मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
श्रेष्ठ पुस १० गते उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री बनेका थिए।
भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् ।