Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

आज रामनवमी मनाइँदै, सार्वजनिक बिदा

जनकपुर, १६ चैत । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा आज श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदै छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन ‘रामनवमी’ मनाइन्छ ।

जनकपुरधाम भगवानको रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सितासँग जनकपुरधाममै विवाह भएको थियो ।

यो पनि पढनुस !!

राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिनेछ । त्यसका लागि टाढा टाढाबाट साधुसन्तहरु आइपुगेका छन् ।

आज बिहानै साधुसन्त तथा श्रद्धालुहरूले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन् । दिउँसो जानकी मन्दिर र रा मन्दिरमा भव्य आरती गरिनेछ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.