Nepal Jana Khabar
हरेक जनताको खबर
२ बैशाख २०८१, आईतवार

अग्नि सापकोटा र पम्फा भुसाल माओवादी केन्द्रको उपाध्यक्ष

काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ। साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ। माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ। यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए।

पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन्। उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए।

भुसालको भने बढुवा भएको हो। त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्। कोषाध्यक्षमा श्रीराम ढकाल छन्।

अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन्।

 

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.