Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

रास्वपा सरकारबाट तत्काल नबाहिरिने

काठमाडाैँ, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बैठक आइतबार पनि बस्दैछ। हिजाे शनिबार बेलुका बसुन्धारास्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएकाे थियाे।

रास्वपाले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएकाे छ। यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रास्वपालाई गृहमन्त्रालय नदिने बताउँदै आएका छन्। उनले गृहकाे सट्टा भाैतिक पूर्वाधार लिन प्रस्ताव गरेका हुन्।

साेही प्रस्तावमा छलफल गर्न आज पनि बैठक बस्न लागेकाे हाे। बैठक ११ बजे बाेलाइएकाे छ। शनिबार राति ११ बजे सकिएकाे बैठकले यस विषयमा ठाेस निर्णय गर्न सकेकाे थिएन। बैठकमा राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे चुनावबारे मात्रै छलफल भएकाे एक नेताले जानकारी दिए।

स्राेतका अनुसार सरकारबाट नबाहिरिने पक्षमा धेरै नेताहरू उभिएका छन्।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.