Nepal Jana Khabar
हरेक जनताको खबर
१३ माघ २०७९, शुक्रबार

६८ यात्रु बोकेर काठमाडौंबाट पोखरा उडेको यति एयरको जहाज दुर्घटना

काठमाडौं, १ माघ । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ।

काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो।

उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ।

विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको बताएका छन्।

 


प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.