Nepal Jana Khabar
हरेक जनताको खबर
१३ माघ २०७९, शुक्रबार

विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन सांसद माझीको पहल

लमजुङ, १८ पुस । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरि जनतालाई प्रभावकारी सेवा दिनकाे लागि सक्रिय पहल गरेकी छिन् ।

निर्वाचनमा विजय भएपछि जिल्ला आएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू ताेकिएकाे समयमा नसक्दा जनताले असुविधा भाेग्न बाध्य हुनुका साथै जिल्लाकाे परिचय पनि विग्रने बताइन् ।

साे अवसरमा उनले लमजुङको भाेटेओडार बेलघारी खण्डको सडककाे समस्या हल गर्न तथा सडक सुधार र स्तराेन्नति तत्काल गर्न पनि आग्रह गरेकी थिइन् ।

साे सडक खण्डको निर्माण समयमा नहुँदा दाेर्दी गाउँपालिका र दुधपाेखरी गाउँपालिका जाने यातायात नराम्ररी प्रभावित हुने गरेकाे छ । प्रमुख जिल्ला अधिकारी सुशील बैधले यसलाई गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.