पोखरा, १७ पुस । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ ।प्रदेश संसदीय दलको बैठकबाट दलको नेतामा हरिबहादुर चुमान निर्विरोध निर्वाचित भएका हुन्।
दलको नेता चयन भएसँगै अब प्रदेशमा माओवादीको नेतृत्वमा नयाँ सरकार गठन भएमा चुमान मुख्यमन्त्री बन्न पाउने छन्।
तर, सत्त गठबन्धनबाट ठूलो दल नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्ने पक्कापक्की भएको छ ।
माओवादीबाट दलको नेता चयन भएका चुमान यस अघि प्रदेशका मन्त्री हुन्।
गण्डकीमा ८ जना साम्सद रहेको माओवादी केन्द्रबाट कृष्ण धिताल र शुशिला सिम्खडाले दलको नेतामा दावी गरेका थिए ।