Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

नारायणकाजी किन गएनन् मन्त्रालय, के हो असन्तुष्टि ?

काठमाडौ, १६ पुस । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्टि जनाउदै पदबाहालीको दिनपछि मन्त्रालय गएका छैनन् । न त प्रधानमन्त्री प्रचण्डलाई नै भेटेका छन् । उनले न त भने रोजेको मन्त्रालय पाए न त पदीय वरीयता नै ।त्यसैले श्रेष्ठ असन्तुष्ट बनेको श्रोत बताउँछ ।

पदीय बरियता नमिलेको भन्दै मन्त्रालय जानै छाडेका श्रेष्ठ सोमबार शपथ लिएर पदभार ग्रहण गरेपछि फर्किएर मन्त्रालय गएका छैनन् । उनी सरकारी निवासमा समेत सरेका छैनन् । कसैले यसबारेमा सोधेमा उनले बिरामी भएकै कारण मन्त्रालय नगएको जवाफ दिन्छन् ।

उनी निकट एक माओवादी नेताका अनुसार खासमा वरीयता नमिलेर मन्त्रालय नगएको बताउँछन् । उनले भने, न त बरियता ख्याल गरियो न रुचि अनुसार मन्त्रालय नै, त्यसकारण उहाँ असन्तुष्ट हुनुहुन्छ तर बाहिर ब्यक्त गर्नुहुन्न ।

यो पनि पढनुस !!

आफूभन्दा माथिल्लो वरीयतामा एमाले उपाध्यक्ष विष्णु पौडेललाई राखेको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

श्रेष्ठले आफू १२ वर्षअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्री भए पनि पौडेललाई अहिले प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा राखेको भन्दै श्रेष्ठले पार्टीका नेता कार्यकर्तासँग असन्तुष्टि जनाउने गरेका छन् ।

‘नेकपा हुँदा पनि पौडेल नवौं र श्रेष्ठ छैटौं वरीयतामा थिए । अहिले पौडेललाई प्रधानमन्त्रीभन्दा पछिल्लो वरीयताको उपप्रधानमन्त्री दिएपछि उहाँले असन्तुष्टि जनाउनु स्वाभाविक नै लाग्यो,’ माओवादीका ती नेताले भन्छन्  ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.