काठमाडौँ, ५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदै छन् । स्वास्थ्यमा सुधार भएपछि आज उपमहासचिव पुन स्वदेश फर्किन लागेका हुन् ।
उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे पुन काठमाडौँ आइपुग्ने जानकारी दिइन् ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो ।