Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

भारतीय सेना काठमाडौंमा

काठमाडौँ, ४ पुस । भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न सम्झौताअनुरूप नेपाल-भारत द्विपक्षीय परामर्श समूहका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण भएको सैनिक मुख्यालयले जनाएको छ।

नेपाल भ्रमणमा रहेको सो टोलीले नेपाली सेनाको विभिन्न डिभिजन तथा बाहिनीको स्थलगत अवलोकन गर्नुका साथै त्यसबारे जानकारी लिने सैनिक मुख्यालयले जनाएको छ ।

एक साताव्यापी भ्रमणका क्रममा भारतीय सैनिक टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गर्ने भएको छ भने कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक बार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पश्चिम पृतना हेडक्वाटरको भ्रमण, नेपाली सैनिक व्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढनुस !!

छिमेकी मित्र राष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.