Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

गोरखाले पायो १० सांसद

गोरखा, २५ मंसिर । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको गोरखामा यसवर्ष १० जना सांसद निर्वाचित भएका छन्। विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका हुन्।

सबैभन्दा धेरै माओवादी केन्द्रबाट चारजना सांसद यस पटक गोरखाबाट निर्वाचित भएका छन्। त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभामा गरी कांग्रेसबाट तीन, एमालेबाट एक, परिवार दलबाट एक र नेपाल समाजवादी पार्टीका एकजना निर्वाचित भएका छन्।

माओवादीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पुष्पकमल दाहाल र समानुपातिकबाट हितराज पाण्डे निर्वाचित भएका छन्। प्रदेशसभातर्फ प्रत्यक्षबाट कृष्ण धिताल र समानुपातिकबाट सुशीला सिंखडा निर्वाचित भएका छन्। त्यस्तै, कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट राजेन्द्र बजगाईं र प्रदेशसभामा प्रत्यक्षबाट सुरेन्द्रराज पाण्डे र नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन्।

यो पनि पढनुस !!

त्यसैगरी, नेकपा एमालेबाट प्रदेशसभामा समानुपातिकबाट दिनेशचन्द्र देवकोटा र एमालेबाटै नेपाल परिवार दलका एकनाथ ढकाल प्रतिनिधिसभामा सांसद चयन भएका छन्। नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षबाट फणिन्द्र देवकोटा निर्वाचित भएका छन्। यसअघि २०६३ को संविधानसभामा गोरखाबाट सबैभन्दा धेरै १४ जना सांसदले प्रतिनिधित्व गरेका थिए।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.