काठमाडौँ । गण्डकी प्रदेशको नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ । ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ ।
गण्डकीमा नेपाली काँग्रेस २७ सिटसहित ठूलो दलको रुपमा रहेको छ भने नेकपा एमालेले २२ सिट जितेको छ ।
उता नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो दल भएको छ।
राप्रपाको २ सिट छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ सांसद छन् भने स्वतन्त्र जितेका राजीव गुरुङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।
गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ । काँग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पुर्याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजीव गुरुङले पनि स्थान पाउने सम्भावना छ।