Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

समानुपातिक सांसदको विषयमा रविको पार्टीमा लफडा, पार्टी कार्यालयमा बिरोध प्रदर्शन

काठमाडौं, २२ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद चयनको विषयमा लफडा भएको छ। समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै लफडा भएको हो ।

पार्टीको प्राइमरी इलेक्सनबाट आएकाहरूलाई समानुपातिकमा प्राथमिकतामा नराखि नेताको अघिपछि गर्नेलाई समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने भएको छ । प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खेलो भइरहेको उनीहरुको आरोप छ ।

‘रास्वपाको समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्ने कार्यक्रम भएको छ ।’ सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा आज दिउँसो पार्टी कार्यालयमा बिरोधका लागि उपस्थित हुन ग्रह गर्दै लेखेका छन् ।

यो पनि पढनुस !!

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ । अब उसले सबै क्लस्टर मिलाएर १३ सांसद निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीबाट गर्नुपर्ने छ । आयोगले बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन दलहरुलाई भनेको छ ।

स्वतन्त्र पार्टीले प्राप्त गरेको सीटका आधारमा सात जना महिला सांसद पठाउनुपर्छ । जसमध्ये २ जनाले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । अब समानुपातिकबाट ५ जना महिला चयन गर्नुपर्ने छ । खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना रास्वपाले पठाउनु पर्ने हुन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.