काठमाडौं, २१ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निलम्बन कायम रहेकै अवस्थामा अनिवार्य अवकाश पाउने भएका छन् ।
अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश पाउन लागेका हुन् ।
सर्वोच्च अदालतका अनुसार २८ मंसिर २०१४ मा जन्मिएका जबरा अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदै छन् ।
अघिल्लो संसद्ले जबराविरुद्ध महाभियोगको प्रस्ताव अघि सारे पनि टुंगो लागिसकेको छैन ।
अब मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै जबराले अवकाश पाउने भएपछि उनीविरुद्धको महाभियोग प्रस्ताव के हुन्छ भन्नेमा अन्यौल भएको छ ।
प्रतिक्रिया