Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

विष्णु पौडेलले धाँधली गरि चुनाव जितेको भन्दै घन्टीका उम्मेदवारले हाले सर्वोच्चमा मुद्दा

काठमाडौं, २१ मंसिर । एमालेका उम्मेदवार विष्णु पौडेललाई निर्वाचनमा धाँधली गरि जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले धाँधली गरि जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

यो पनि पढनुस !!

उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.