Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

बाजुरा, १६ मंसिर । बाजुरामा मतगणना पुन: रोकिएको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हिजोदेखि मात्र मतगणना सुरु गरिएको थियो । तर, विवादका कारण अहिले गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको जनाइएको छ ।

यो पनि पढनुस !!

प्रतिनिधिसभातर्फको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । नेकपा (एमाले)का प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायम छ । दोस्रो स्थानमा एमालेका कर्णबहादुर थापा छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.