Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो : रामचन्द्र पौडेल

चितवन, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्।

‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ। तर अहिलेको परिस्थितिमा देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे ममात्र हो। पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुूपमा नै लिनुभएको छ। सल्लाह गरौला भन्नुभएको छ। सल्लाह हुन्छ’, उनले भने।

टिकट वितरण गर्दा गठबन्धन दलहरूबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए।

युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलकाे भनाइ छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.