Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान सुरु

दोलखा, १५ मंसिर । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान सुरु भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

कहाँ-कहाँ हुँदैछ मतदान ?

यो पनि पढनुस !!

-वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’

वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.