काठमाडौं, १४ मंसिर । काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंका सुकुम्बासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् । विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
सोमबार महानगरको नगरप्रहरी टोली थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको थियो । नगरप्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन ।
झडपमा ३६ जना नगरप्रहरी घाइते भए । सुकुम्बासीले मंगलबार बागदरबारस्थित महानगर कार्यालय घेराउ गरेका थिए । केही सुकुम्बासी माइतीघरमा अनसन बसेका छन् ।