Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

सञ्चारमन्त्री कार्कीले लिए ३३७ मतको अग्रता

काठमाडौँ, १४ मसिर। प्रतिनिधि सभातर्फ सुनसरी ४ मा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३३७ मतको अग्रता लिएका छन् ।

जारी मत गणनाको पछिल्लो विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर कायम गरेका हुन् । मन्त्री कार्कीले २६ हजार ८१८ मत प्राप्त गरेका छन् ।

यो पनि पढनुस !!

एमालेका कुसियतले २६ हजार ४८१ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८५२ मत प्राप्त गर्दा विद्यानन्द यादवले २ हजार ३३९ मत पाएका छन् ।

सुनसरीका अन्य क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी ४ मा मत गन्ने क्रममा विवाद भएपछि दुई दिन स्थगित गरिएको थियो । निर्वाचन आयोगले पुनः मत गणना गर्न निर्देशन दिएपछि सुचारु गरिएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.