Nepal Jana Khabar
हरेक जनताको खबर
१७ मंसिर २०७९, शनिबार

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याई विजयी भएका छन् । उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन् ।

यो पनि पढनुस !!

वर्षमान पुन उपचारका लागि आज चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि काठमाडौं–२ मा सोबिता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

काठमाडौं–६ मा २०७०, २०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । यो क्षेत्रमा ३८ हजार ३ सय ८० मत खसेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.