Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

माओवादी केन्द्र र एकीकृत समाजवादीले आज चुनावी घाेषणापत्र सार्वजनिक गर्दै

काठमाडाैं, १४ कात्तिक । सत्ता गठबन्धनको प्रमुख घटकहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले आज (सोमवार) घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचनकाे मिति नजिकिएसँगै दुबै दलले एकैदिन घाेषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदासमेत प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन् । निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।

सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।

यो पनि पढनुस !!

माओवादी केन्द्रले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घाेषणापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.