Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

प्रचण्ड जस्तो प्रगतिशील कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो : बाबुराम भट्टराई

गोरखा (भच्चेक), १३ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्तो चलायमान नेता अरु कोही नभएको बताएका छन्। गोरखा क्षेत्र नम्बर २ को चुनावी अभियानमा प्रचण्डसँगै पुगेका उनले आइतवार भच्चेकमा आयोजित कोणसभामा बोल्दै भोट माग्ने क्रममा प्रचण्ड जस्तो चलायमान नेता अरु कोही नभएको बताएका हुन्।

गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने पनि तर्क गरेका छन्। उनले आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्ड नै देशको नयाँ प्रधानमन्त्री हुने पनि दाबी गरेका छन्।

‘यहाँ कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री!’, उनले भने, ‘यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोला? यो क्षेत्रको विकासले कसरी गति नलेला ?’

यो पनि पढनुस !!

भट्टराईले आफूले गोरखा २ छाडेर प्रचण्डलाई चितवनबाट बोलाएका हुन्। उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पनि मतदाता र कार्यकर्तालाई अपिल गरेका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुर्खतापूर्ण हर्कतका कारण गठबन्धन बनाउनुपरेको जिकिर गरे।

भट्टराईले अहिले नेपालको सन्दर्भमा प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को नरहेको पनि जिकिर गरे। ‘नेपालको सन्दर्भमा अहिलेकै सबैभन्दा पपुलर र प्रगतिशील व्यक्ति प्रचण्ड हो’, उनले भने, ‘जसलाई काठमाडौंदेखि आएर पत्रकारहरुले बिहानभरी कुरेर भेटिरहेका छन्। उहाँको नेतृत्वमा अब गोरखाले विकासको फड्को मार्नेछ।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.