Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, के छ मुख्य संकल्प ?

काठमाडौं, १२ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले मंसिर ४मा हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टी कार्यालय सानेपामा शनिबार आयोजित एक कार्यक्रमबीच सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरे। कांग्रेसले घोषणापत्रमा आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख छ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको थियो। घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।

यो पनि पढनुस !!

घोषणा लेखन समितिमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.स्वर्णिम वाग्ले, डा। गोविन्द पोखरेल, शिक्षााविद् डा। कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत नेताहरु थिए।

के छ मुख्य संकल्प :

१. तीन वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, ७३ वर्षमाथिका वृद्धवृद्धाको पनि नि:शुल्क उपचार व्यवस्था गर्ने।
२. असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन नगर्ने।
३. पाँच वर्षभित्र सबै नागरिकको बिमा र त्यसमार्फत उपचारको व्यवस्था।
४. बिमाको दायरा बढाएर १० लाख पुर्याउने।
५. ६५ वर्षमाथिका अशक्तलगायतको नि:शुल्क बिमा गर्ने।
६. सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.