Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

बाबुरामले गोरखा-२ नारायणकाजीलाई नछाड्ने !

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा आफु गोरखा २ बाट चुनाव लड्ने तयारी थालेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजीसंग भेटघाट गरि आफुलाई गोरखा क्षेत्र नम्बर २ मा सहयोग गर्न आग्रह गरेका हुन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग गत बुधवार गरेको भेटवार्तामा उक्त कुरो राखेका हुन् ।

नारायणकाजीको निवास हरिसिध्दीमा भएको भेटवार्तामा डा. भट्टराईले आफूलाई गोरखा २ छाडिदिनुपर्ने आशयले कुरा राखेको बताइएको छ। ‘उहाँले दुवै भेटमा आफूलाई गोरखा छाडिदिनुपर्ने आशयले कुरा गनुभयो,’ आशय उल्लेख गर्दै खुमलटार स्रोतले भन्यो, ‘मैले पहिले चुनाव लड्दिनँ भनेको थिएँ तर अहिले साथीभाइले गोरखा छाड्न हुँदैन है भनेका छन् ।’

यो पनि पढनुस !!

माओवादी नेता नारायणकाजीले भने आगामी मंसिरमा राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर गोरखाबाट संसदीय चुनाव लड्ने मनस्थिति बनाएको उनि निकटहरु बताउछन्। नेता श्रेष्ठले आफु गोरखा २ बाट चुनाव लड्ने निर्णयमा पुगिसकेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेको श्रोतले जानकारी दियो।

२०७४ को निर्वाचमा गोरखा-२ बाट डा. भट्टराई र नारायणकाजी प्रतिस्पर्धामा उत्रिएका थिए। जसमा डा. भट्टराईले बिजय प्राप्त गरेका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.