नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।
प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’
चुनावी मोर्चा बनाउने र पर्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्रमा जान सकिन्छ कि भनेर आफूहरुबीच छलफल भने भइरहेको उनले बताए