सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
यो पनि पढनुस !!
उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ देखि लागु हुनेछ ।
यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।