Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

भरतपुर महानगरको प्रमुखमा साढे १२ हजार मतान्तरले रेनु दाहाल विजयी

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तरले विजय भएकी छन्। नेकपा एमालेका विजय सुबेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन्।

मतगणना केहिबेर अघि सकिएको हो । रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए।

रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। बिजय एमाले राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।

रेनु भरतपुर महानगरको निवर्तमान प्रमुख हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतले हराएकी थिइन्।

यो पनि पढनुस !!

दोस्रोपटकमा भने रेनुले १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन्। रेनुको बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए।

यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी बिजयी भएका छन्।

अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.