Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

ललितपुरको कोन्ज्योसोममा गठबन्धनलाई हराउँदै एमाले विजयी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ। सत्ता गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गर्दै एमालेका कृष्णमान लामा विजयी भएका हुन्।

एमालेका लामाले ३१०४ मत पाएर विजयी भएका छन् भने माओवादीका सिन्तानले २५०९ मत पाएर पराजित भएका छन्।

यो पनि पढनुस !!

यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ३२२७ मत ल्याएर एमालेकी रनिता तामाङलाई हराएका हुन्। एमालेकी तामाङले २०४८ मत ल्याएर पराजित भएकी छिन्।

२०७४ सालको निर्वाचनमा यस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै माओवादी केन्द्रले जितेको थियो। दोस्रो कार्यकालका लागि अध्यक्षमा उठेका सिंन्तान पराजित भएका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.