Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

रेनुको विकासले काठमाडौं भन्दा भरतपुरको भाउ धेरै छ : प्रधानमन्त्री देउवा

भरतपुरको स्वरूप फेरिएको भन्दै

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको दाबी गर्नुभएकाे छ ।

चितवनको भरतपुरमा आज बिहीवार भएको संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको बताउनुभयो । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने दाबी गर्नुभयाे ।

यो पनि पढनुस !!

‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’, देउवाले भन्नुभयो ।

अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसकाे बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.